SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

उत्तरी गाजामा इजरायली हवाई आक्रमणः प्रहरी अधिकारीसहित सात जनाको मृत्यु

एजेन्सी । उत्तरी गाजाको एक सुरक्षा पोस्टमा मंगलबार इजरायलले गरेको हवाई आक्रमणमा परी सात प्यालेस्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हमासद्वारा सञ्चालित गृह प्रशासनसँग आबद्ध प्रहरी अधिकारीहरूसमेत रहेको स्थानीय स्रोत र प्रत्यक्षदर्शीले जनाएका छन् ।