SHARE
अर्थ संवाद · मङगलबार २० जेठ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

जापानको नेपाल महोत्सवमा चर्चित पर्फमर दुर्गेस थापाले प्रस्तुती दिने 

ओसाका, जापान । गल्कोट समाज जापान कान्साईले ओसाकामा आयोजना गरेको नेपाल महोत्सवमा नेपालका चर्चित स्टेज पर्फमर एवं गायक दुर्गेस थापाले प्रस्तुती दिने भएका छन । पछिल्लो समय आफ्नो प्रस्तुतिमार्फत स्टेज तताइरहेका थापाको दुश्मन हेरेको हेर्‍यै गीत हिट भएपछि स्टेज कार्यक्रममा दुर्गेशको माग बढ्दो छ।    महोत्सवमा दुर्गेस थापाका अलावा लोक दोहोरी क्षेत्रका चर्चित गायक विष्णु खत्री, अनिता चलाउने, विक्रम परियार लगायत अन्य कलाकारहरुले सांगितिक प्रस्तुति दिने भएका छन । जुन महिनाको १४ र १५ तारिक शनिवार र आइतवारको दिन पारेर कान्साईको ओसाकामा आयोजना भएको उक्त नेपाल महोत्सवमा  नेपालको भेषभुषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी नेपाल महोत्सव आयोजना गर्न लागिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताउनु भयो ।