परराष्ट्रमन्त्री राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छिन् । मन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याएकी हुन् । यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकामा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौँमै गौरा भित्र्याएकी हुन् ।
