SHARE
पर्दाफास · शनिबार १४ भौ २०८२ ०२:३५ PM · 1 मिनेट पढाइ

यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल

मिस नेपाल– २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् । मिस नेपाल अर्थ भने सोनी घले भएकी छन् । मिस कस्मो दीपशिखा नेपाल बनेकी छिन् ।