SHARE
पर्दाफास · शनिबार १४ भौ २०८२ ०२:५७ PM · 1 मिनेट पढाइ

अनलाइन बेटिङ सञ्चालनमा संलग्न पाँच जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले अनलाइन बेटिङ सञ्चालन भइरहेको सूचनाका आधारमा पासिकोट गौरीपाखास्थित एक घरमा छापा मार्दा पाँच जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घरभित्र छापा मार्दा मोनिक तामाङ, सरोज लोकान्द्री, अजय लामा, उशन लामा र अर्लोक धामी पक्राउ परेका हुन् ।