SHARE
बासुरी खबर · शुक्रबार​ १६ जेठ २०८२ ०३:५९ AM · 1 मिनेट पढाइ

सातै प्रदेशमा तीन दिनसम्म वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जेठ १६ गते शुक्रबार बिहान ८ बजे विस्तृत बुलेटिन जारी गरी ३ दिनसम्मको सम्भावित मौसमबारे जानकारी दिएको हो। जसअनुसार कोसी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना छ। मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।