सुनको मूल्यमा फेरी उच्च रेकर्ड
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ । सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो । यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ ।
