सावित्रा भण्डारी (साम्बा) लाई भण्डारी सेवा समाज नेपालद्वारा नगदसहित सम्मान
काठमाडौँ । रघुवंशीय कौशिक गोत्रीय भण्डारी सेवा समाज नेपालले नेपाली महिला फुटबल टोली कि कप्तान सावित्रा भण्डारी (साम्बा)लाई सम्मान गरेको छ। समाजको केन्द्रीय कार्यालय लर्ड पार्टी भेन्यु धुम्बाराही काठमाडौँमा आज एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय ख्याति प्राप्त फुटबलर साम्बालाई ५१ हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजका अध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।
