SHARE
कर्पोरेट समाचार · शनिबार १४ भौ २०८२ ०१:३२ PM · 1 मिनेट पढाइ

लुना लुइँटेल बनिन् यस वर्ष २०२५ की मिस नेपाल

काठमाडाैं । सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार