SHARE
बासुरी खबर · बुधबार ३१ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकको पिपलडाँडामा मदिराको नशामा भएको विवादले लियो श्रीमतीको ज्यान, श्रीमान फरार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा मदिरा सेवनपछि भएको घरेलु विवादले एक महिलाको ज्यान गएको छ। घटनापछि उनका श्रीमान फरार रहेका छन्। मृत्यु हुने स्थानीय मिना राना रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा उनका श्रीमान मिनबहादुर भण्डारीको खोजी तीव्र पारिएको छ।