युनाइटेड अजोड इन्स्योरेन्सले ४.८२५५ प्रतिशत बोनस शेयर वितरण गर्ने, कम्पनीको चुक्ता पुँजी कति ?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको २३औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू पारित गरेको कम्पनीले जनाएको छ।
