१ खर्ब रुपैयाँ बराबरको निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। यसका लागि आजै दिउँसो ३ बजे बोलकबोल तथा निष्काशन प्रक्रिया सञ्चालन गरिने भएको छ।
