SHARE
ओएसनेपाल · बुधबार ११ भौ २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।