SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति दिने

फुङ्लिङ । फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विगत चार वर्षदेखि पालिकाले उच्च शिक्षा हासिल गर्ने कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो । यसवर्ष भने १३५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए ।