SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

कालीकोट । कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । बडीमालिका घुम्न पर्यटक विगतमा जनै पूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्रै जाने गरेकामा अहिले आन्तरिक पर्यटक अन्य बेलामा पनि जान थालेका हुन् ।