SHARE
ओएसनेपाल · बुधबार ११ भौ २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले पदभार ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले पदभार पनि ग्रहण गरेकी हुन् ।