करार अवधि नथप्ने निर्णयविरुद्ध करार कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ
काठमाडौं। सरकारले करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूको करार अवधि नथप्ने तथा आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेपछि कर्मचारीहरुले विरोध गरेका छन् । मंगलबार १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिँदै निर्णय फिर्ता लिन माग गरेका हुन्।
