राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका छन् । विधेयक प्रमाणीकरणसँगै सरकारले नयाँ आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी आधार प्राप्त गरेको छ।
