क्रसफायरद्वारा नेपालमा लेटबी फ्लाइगन २२० सिटी र हिल्स सार्वजनिक
काठमाडौं । क्रसफायरले नेपालमा आधिकारिक रूपमा लेटबी फ्लाइगन २२० सार्वजनिक गरेको छ। कम्पनीले मोटरसाइकललाई ‘फ्लाइगन २२० सिटी’ र ‘फ्लाइगन २२० हिल्स’ गरी दुई भेरियन्टमा बजारमा ल्याएको हो। कम्पनीका अनुसार राइडरहरूको जीवनशैली, रोजाइको भू–भाग तथा राइडिङ आवश्यकतालाई ध्यानमा राख्दै दुई फरक भेरियन्ट सार्वजनिक गरिएको हो।
