दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको जित
काठमाडौं (हाम्रो खेलकुद)- दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई आज दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। आज नेपालको यो लगातार दोस्रो जित हो। जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको नोक्सानीमा पुरा गर्यो। नेपालका पहिलो क्रमका तीन ब्याटरले दोहोरो रन छुन सकेनन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
