नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न मिल्ने
काठमाडौं। अब देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दात नागरिक एपमार्फत नै हेर्न सकिने भएको छ । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका हुन् ।
