दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने, पुनः सञ्चालनको प्रतिवेदन मन्त्री यादवलाई बुझाइयो
काठमाडौं । वर्षौंदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारीलाई तीव्र बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ।
