SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

११ महिनामै २१ खर्ब २० अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८२ ÷८३ को समीक्षा अवधिमा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले मात्र वृद्धि भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार