जेठमा मुद्रास्फीति ५.२२ प्रतिशत पुग्यो, फलफूल र यातायातको मूल्य सबैभन्दा धेरै बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति २।७२ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ।
