सरकारलाई अभिनेत्री केकी अधिकारीको प्रश्न-‘हरेक दिन कति जनाले रोजगारी पाए ?’
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देखावटी गतिविधिभन्दा रोजगारी सिर्जनामा ध्यान दिन आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश निर्माणका लागि ‘स्टन्ट’ होइन, नागरिकका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताएकी हुन् । उनले सरकारले हरेक दिन कति रोजगारी सिर्जना गर्यो र कति नागरिकले रोजगारी पाए भन्ने विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख गरेकी छन् । 'स्टन्टले देश बन्दैन ।
