नियमित खोपको पहुँच शतप्रतिशत, सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
सिन्धपाल्चोक । सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाभरका सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका नियमित खोप पूरा गरेपछि यो घोषणा गरिएको हो। यससँगै जिल्लाले बालबालिकामा खोपको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सुरक्षातर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
