SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

बालेनले घिमिरेलाई सुम्पिए दूरसञ्चार प्राधिकरणको नेतृत्व

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले घिमिरेलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनलाई सोमबार सञ्चार मन्त्रालयले नियुक्तिपत्र दिएको स्रोतले जनाएको छ। यद्यपि, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले नियुक्तिको उक्त निर्णयबारे औपचारिक जानकारी दिएका थिएनन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार