देशभर मनसुनी प्रभाव तीव्र,नदी किनार र पहाडी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा सोमबार वर्षा भइरहेको छ भने आज राति वर्षा थप तीव्र हुने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानबाहेक अन्य अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ।
