कानुनी दायराभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास र सेवा विस्तारमा केन्द्रित हुने अध्यक्ष घिमिरेको प्रतिबद्धता
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष अर्जुन घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार नवनियुक्त अध्यक्ष घिमिरेलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनलाई प्राधिकरणको नेतृत्वमा नियुक्त गरिएको हो। नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट भई जिम्मेवारीमा आएकाले सरकारको उच्च अपेक्षा रहेको बताए।
