SHARE
Samata Press · सोमबार २९ असार २०८३ ०५:३२ PM · 1 मिनेट पढाइ

सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही

देवदह (रुपन्देही) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले  सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताए । सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गदै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय रचनात्मक काम गरेको जानकारी दिए ।  उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । “राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो,” उनले भने ।