SHARE
मकालु खबर · बुधबार ११ भौ २०८२ ०२:४८ PM · 1 मिनेट पढाइ

एमाले नेता ऐन महर हाजिरी जमानीमा रिहा

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या र गाली बेइज्जती गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा भएका छन् । साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपकराज अवस्थीका अनुसार, विद्युतीय अपराधसम्बन्धी उजुरीको आधारमा महरलाई पक्राउ गरिएको थियो ।