SHARE
मकालु खबर · बुधबार ११ भौ २०८२ ०४:५३ PM · 1 मिनेट पढाइ

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

राजविराज । सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा आज निधन भएको छ । महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए । लामो समयदेखि उहाँ क्यान्सर रोगबाट पीडित थिए ।