‘हुन्डाई नेक्स्ट जेन कप’ को उपाधि टिम भेन्युलाई
काठमाडौं। ‘हुन्डाई नेक्स्ट जेन कप’ फुटबल प्रतियोगिताको उपाधि टिम भेन्यु ले जितेको छ। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी१० एकेडेमीसँगको सहकार्यमा आयोजना गरेको १६ वर्षमुनि (यू–१६) एकदिने प्रतियोगितामा टिम भेन्यु च्याम्पियन बनेको हो । ललितपुरस्थित च्यासल मैदानमा आयोजित प्रतियोगितामा आठ टोलीका ८० जना युवा खेलाडीले सहभागिता जनाएका थिए।
