SHARE
मकालु खबर · बुधबार ११ भौ २०८२ ०४:५८ PM · 1 मिनेट पढाइ

उपल्लो मुस्ताङमा एकहप्ते राष्ट्रिय परिचयपत्र घुम्ती शिविर सम्पन्न, ६२९ जना लाभान्वित

मुस्ताङ । उपल्लो मुस्ताङको दुई गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ताका लागि घुम्ती शिविर चलाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आयोजना तथा इलाका प्रशासन कार्यालय लोमान्थाङ र सम्बधित स्थानीय तहको समन्वय र सहकार्यमा उपल्लो मुस्ताङका नागरिकलाई घरदैलोमै पुगेर सेवा पु¥याउने गरी राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन गरिएको हो ।