कालीकोटका पहिरोले पुरिँएर दुई जना वेपत्ता भएको आंशका
सुर्खेत । कालीकोटमा पहिरोले पुरेर दुई जनाको मृत्यु भएको आंशका गरिएको हो । सोमबार दिउँसो कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६, पोरिबन (माथिल्लो काभ्रे खोला) मा पहिरोले परिएर दुई जना वेपत्ता भएको आंशका गरिएको छ । सोमबार खानेकुरा पिस्न पानीघट्ट गएका बेला आएको पहिरोमा परी दुई जना वेपत्ता भएको सान्नीत्रिवेणी गाउँपालिकाका पूर्व अध्यक्ष डम्बरबहादुर शाहीले बताए । जिल्ल प्रहरी कार्यालय कालीकोटले पहिरो आएको बिषयमा जानकारी आएको अहिले सान्नीगाडमा रहेको प्रहरी घटनास्थलमा गएको र घटनाको बिस्तृत जानकारी नआएको बताएको छ ।
