SHARE
Samata Press · सोमबार २९ असार २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता

  गण्डकी । सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो ।  सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत  हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ ।    महानगरको जनावर उद्धार वाहनमार्फत  चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पुर्‍याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए । उनले भने, “सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पुर्‍याउने गरेका छौँ ।” गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रुपमा चिनिन थालेको छ । गौशलामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन् । गौशला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ ।