पहिरोले घर पुरिँदा आमाको मृत्यु, दुई छोरीको सकुशल उद्धार
सुर्खेत । जाजरकोटमा पहिरोले एक घर पुरिँदा आमाको मृत्यु भएको छ भने दुई छोरीको सकुशल उद्धार गरिएको छ । जाजरकोटको भेरी नगरपालिका–२ राङसीमा आइतबार राति परेको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर ६० वर्षीया जयशिला शाहको मृत्यु भएको हो । घरमाथिबाट खसेको पहिरोले पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख बुद्धिसागर पुरीले बताए । उनका अनुसार घटनामा जयशिला शाहकी ७ वर्षीया छोरी टिका थापा र ४० वर्षीया मेनुका शाह (थापा) लाई स्थानीयवासी तथा प्रहरी चौकी पाँचकाटियाबाट खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको छ।
