दोलखामा पहिरोले पुरिएर शिशुको मृत्यु, आमा गम्भीर घाइते
रामेछाप। दोलखामा पहिरोमा परी चार महिनाकी एक शिशुको ज्यान गएको छ भने आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गए राति करिब ९ बजे बाटोमा पहिरो खस्दा चार महिनाकी एलिना थामीको ज्यान गएको हो।
