नयाँ राहदानी प्रणाली आजदेखि सञ्चालनमा, प्रणालीमा करिब एक करोड नागरिकको विवरण सारियो
काठमाडौं। राहदानी विभागले नेपालको राहदानी इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ। विभागले करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरी सेवा सञ्चालनमा ल्याएको जनाएको हो।
