SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

जाजरकोटमा पहिरोले पुरिँदा महिलाको मृत्यु

जाजरकोट। जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका– २, राङ्सी निवासी ६० वर्षीया जयशिला शाहको पहिरोमा परी मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको वर्षापछि आएको पहिरोले २०८० साल कार्तिक १७ गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार