इन्द्रावतीमा आयोजित हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
सिन्धुपाल्चोक । महिनावारी स्वस्च्छता दिवसका अवसरमा इन्द्रावती गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्यसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कमलदेवी माविले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै, ऐंसेलुखर्क माविले दोस्रो र सिम्पालेश्वरी माविले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा इन्द्रावती गाउँपालिकाका १२ वटै माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।
