‘थर फेर्नेले दलित कोटाको दाबी पनि छोड्नुपर्छ': रास्वपा सांसद खगेन्द्र सुनार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दलित समुदायभित्र थर परिवर्तनको बढ्दो प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाउँदै थर परिवर्तन गर्नेले दलित आरक्षण र दलित कोटाको दाबी पनि त्याग्नुपर्ने धारणा व्यक्त गरेका छन् । समता फाउन्डेसनले आइतबार काठमाडौँमा आयोजना गरेको दलित समुदायका थर सूची अद्यावधिक सम्बन्धी छलफल कार्यक्रममा सुनारले यो आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट पार्दै थर परिवर्तनभन्दा दलित समुदायको अधिकार, भूमि, शिक्षा र राज्यका संरचनामा पहुँचको लडाइँलाई प्राथमिकता दिनुपर्ने बताए । उनले आफूले व्यक्त गरेका विचार सरकार वा पार्टीको आधिकारिक धारणा नभई व्यक्तिगत सुझाव मात्र भएको पनि स्पष्ट पारे ।
