SHARE
बासुरी खबर · बुधबार १४ जेठ २०८२ ०४:०४ PM · 1 मिनेट पढाइ

खेतको गह्राबाट शुरु भएको पाँचपोखरी टी २० क्रिकेटको सातौं संस्करण टीयुमा

सञ्जय तामाङ, सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी २० क्रिकेट प्रतियोगिताको सातौं संस्करण टियु क्रिकेट रङ्गशालामा हुने भएको छ । शुरुवाती तीन वर्ष पाँचपोखरी थाङपाल गाउँपालिकाकै विभिन्न स्थानका खेतको गह्राहरूबाट खेल्न शुरु भएको प्रतियोगिताले सातौं संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय मैदानसम्मको यात्रा तय गरेको छ ।