कम्पनी विधेयकका जटिल प्रावधान सच्याउन व्यवसायीको माग
विराटनगर । व्यवसायीहरुले सरकारले सार्वजनिक गरेको कम्पनी विधेयक २०८३ माथि व्यवहारिक संशोधनको माग गरेका छन् । उद्योग संगठन मोरङले कम्पनी कानूनलाई आधुनिक, डिजिटल तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप बनाउन तथा उद्योगमैत्री बनाउन केही प्रावधानमा संशोधन आवश्यक भएको जनाएको हो ।
