गणेश नेपाली प्रकरण : सरकार, काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति
काठमाडौं । वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपाली घटनाको निष्पक्ष छानबिनका विषयमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ।
