दुर्गा प्रसाईँलाई विमानस्थलबाटै प्रहरीले पुर्यायो भक्तपुर
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवास पुर्याएको छ । आइतबार झापाबाट काठमाडौं फर्किएका प्रसाईँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईँ विमानस्थलमा ओर्लिएलगत्तै काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
