अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
काठमाडौं । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमोटिभ आपूर्तिकर्ता कम्पनीमा काम गरेको अनुभवसहित करिब ५० वटा आवेदन पठाइसकेका छन । तर अझै स्थायी जागिर पाएका छैनन्।
