विन्ध्यवासिनी माविको व्यवस्थापन समिति अध्यक्षमा भुसाल सर्वसम्मत
पोखरा । पोखरा महानगरपालिका–२ वरपाटनस्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा अग्निप्रसाद भुसाल सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार सम्पन्न अभिभावक भेलापछि बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भुसाललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।
