SHARE
Samata Press · आइबार​ २८ असार २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई

काठमाडौँ । यसवर्षको रु २५ हजार राशिको ‘नन्दप्रसाद जानुका स्मृति सम्मान’  शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।  नन्दप्रसाद जानुका फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीका अनुसार  दोलखाको शैक्षिक विकासका निम्ति इन्जिनियर श्रेष्ठले गर्नुभएको योगदानको करदस्वरुप उहाँलाई उक्त सम्मान प्रदान गर्ने निर्णय भएको हो ।  आगामी भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीका दिन यहाँ श्री श्रेष्ठलाई सम्मान गरिने छ । निजामती सेवामा लामो समय व्यतीत गरेका उनी सहसचिव पदबाट निवृत्त भएका हुन् । अठासी वर्षीय श्रेष्ठ चरीकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, गौरीशङ्कर सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष, सिँगटी सामुदायिक अस्पतालका पनि संस्थापक अध्यक्ष रहेका छन् ।