रामेछाप नगरपालिकाको बजेट खर्च ६८.७ प्रतिशत, राजस्व सङ्कलन ९१.७९ प्रतिशत
रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिसम्म कुल बजेटको ६८.७ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले आइतबार आयोजना गरेको सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ कार्यक्रममा वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो।
